सुदूरपश्चिममा आईतवार १९५ जनामा कोरोना संक्रमण

सुदूरपश्चिममा आईतवार १९५ जनामा कोरोना संक्रमण
Spread the love

धनगढी असार १४(ई-रैवार)

सुदूरपश्चिममा आईतवार थप एकसय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार त्रिभुवन शिक्षण अस्पताल, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरि एकसय ९५ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार त्रिभुवन शिक्षण अस्पतालमा बाजुराका २९ महिला र ३४ पुरुष ,डडेल्धुराका एक र दार्चुलाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा बाजुराका ११ महिला र २१ पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै सेती प्रादेशिक अस्पतालले विज्ञेप्तिजारी गरी डोटीकि ६९ र कैलालीका २९ गरी ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।