धनगढी असार ५(ई-रैवार)
सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालाबाट सुदूरपश्चिमका थप १२ जनामा कोरोना पुष्टि भएको छ।
थपिएका १२ जनाहरूमा कैलालीका सात, डोटीका चार र कञ्चनपुरका एक जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको सूचना अनुसार कैलालीको गोदावरी नगरपालिकाका चार, बर्दगोरीयाका दुई र जानकीका एकजना, बडीकेदार गाउँपालिका डोटीका चर जना र कञ्चनपुरको पुनर्वासका एकमा कोरोना पुष्टि भएको हो।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ सय २९ पुगेको छ।


