एमाले सुदूरपश्चिम कमिटीको बैठकका निर्णय नमान्ने भीम रावलको चेतावनी

Spread the love

काठमाडौँ, कात्तिक २३ (ई-रैवार)

नेकपा एमाले उपाध्यक्ष भीम रावलले सुदूरपश्चिम कमिटीको बैठकका निर्णय नमान्ने चेतावनी दिएका छन् । एमालेका उपाध्यक्ष रावलले समाजिक सञ्जालमा स्टाटस लेख्दै आज हुने नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठकका निर्णय नमान्ने चेतावनी दिएका हुन ।

एमालेका उपाध्यक्ष रावलले ट्वीट गर्दै १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि गएको अन्तरपार्टी निर्देशन विपरीत बैठक बस्न लागेको भन्दै असहमति जनाएका हुन्।

आज हुने नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक दश बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत भएको बताएका छन्। अन्तरपार्टी निर्देशन झापामा लागू हुने, सुदूरपश्चिममा लागू नहुने किन ? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकाले हो कि !’ रावलले भनेका छन्।

रावलले समाजिक सञ्जालमा स्टाटस लेख्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई कथित र गुटबन्दीको नमुना भनेका छन्। आज हुने भनिएको कथित सुदूरपश्चिम प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ। यो गुबन्दीको नमूना हो। यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन्।

महाधिवेशनको पूर्वसन्ध्यामा एमालेका प्रदेश कमिटी र जिल्ला कमिटी बैठकहरु बसिरहेका छन्। सुदूरपश्चिम प्रदेश कमिटीको इन्चार्ज दावी गर्दै आएका रावलले लेखराज भट्टलाई इन्चार्ज मान्न अस्वीकार गरेका छन्।