दार्चुला असार ५(ई-रैवार)
भारतबाट फर्किएका एक युवकको मृत्यु भएको छ । जेठ २९ गते भारतको बेङ्गलोरबाट गौरिफण्टा नाकाबाट भित्रिएका मार्मा गाउँपालिका-३ का एक २१ बर्षिय युवकको मृत्यु भएको हो ।
गौरीफन्टा नाका भएर जेठ २९ गते मार्माको लटिनाथ पुगेका २१ वर्षीय युवकको बिहीबार बेलुकी मृत्यु भएको मार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चक्रसिँह धामीले जानकारी दिए ।
मानसिक रुपमा अस्वस्थ्य रहेका युवकलाइ एक दिनमात्रै लटिनाथ मावि रस्कोटको क्वारेन्टीन राखिएको थियो । धनगढी र लटिनाथमा गरिएको आरडिटी रिपोर्ट नेगेटिभ थियो । परिवारले उपचार गरिदिने भन्दै घर लगेका युवकमा ज्वरो बढ्दै गएको थियो ।
मृतकको बिहीबार राती नै पीसीआरका लागि स्वाब संकलन गरेर धनगढी पठाईएको छ ।


