डडेल्धुरा असार ५(ई-रैवार)
डडेल्धुराको गन्यापधुरा गाउँपालिका क्वारेन्टीनबाट घर फर्काइएका ५८ जनामा कोरोना पुष्टि भएको छ। क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको स्वाब संकलन गरी एक हप्ताअघि घर पठाएको थियो । उनिहरूको बिहिवार मात्रै उनीहरुको रिपोर्ट आएको छ।
गन्यापधुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वासुदेव नौन्यालका सरकारको मापदण्ड अनुसार १४ दिन क्वारेन्टीनमा राखेर कोरोनाको लक्षण नदेखिएको र स्वाब परीक्षणको रिपोर्ट ढिला भएकोले उनीहरुलाई घर पठाइएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा गन्यापधुरा गाउँपालिका वडा नं. ३ मा १९ जना, वडा नं.४ मा १५ जना, वडा नं. ५ मा एकजना वडा नं. २ मा २३ जना छन्।


