एजेन्सी, असोज २१ (ई-रैवार)
यूएईमा जारी १३ औँ सस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत कोलकता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई जितकाल १६८ रनको लक्ष्य दिएको छ । शेख ज्यायद स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६७ रन बनायो ।
कोलकताका लागि राहुल त्रिपाठिले अर्धशतकीय पारी खेले । ५१ बल खेलेका उनले ८ चौका र ३ छक्काको सहयोगमा ८१ रनको योगदान गरे । त्यस्तै प्याट कमिन्सले र सुनिल नारायनले समान १७ रनको योगदान गर्न सफल भए । बलिङतर्फ चेन्नईका लागि डुवाइन ब्राभोले सर्वाधिक चार विकेट लिए । त्यसतै शादुर्ल ठाकुर, श्याम करन र करन शर्माले समान दुई–दुई विकेट लिए ।
आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा छन् । आजको खेलमा जित निकाल्दै चेन्नई लिगमा तेस्रो जितको खोजिमा हुनेछ । साविकको उप–विजेता टोली समेत रहेको चेन्नई आजको खेलमा सहज जित निकाल्ने योजनामा रहेको छ । यता आईपीएलको यस सिजनको उपाधि दावेदार रहेको कोलकक्ता आजको खेलमा पनि जित निकाल्ने योजनामा रहेको छ ।


