कैलाली गौरिगंगाका थप एकजनामा कोरोना पुष्टि, सुदूपश्चिमका कुल ११० पुगे

कैलाली गौरिगंगाका थप एकजनामा कोरोना पुष्टि,  सुदूपश्चिमका कुल ११० पुगे
Spread the love

धनगढी जेठ २५(ई-रैवार)

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कैलाली गौरिगंगा नगरपालिकाका थप एकजनामा कोरोना पुष्टि भएको छ । गौरिगंगा नगरपालिका-११ मसुरियाका ४७ बर्षिय पुरूषमा कोरोना पुष्टिभएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या एक सय १० पुगेको छ। सुदूरपश्चिमका एक सय १० जना संक्रमित मध्ये एक सय ६ जना प्रदेशभित्रै रहदा दुईजना संक्रमितको मृत्यु भईसकेको छ। दुईजनाको कर्णाली प्रदेशमा उपचार भईरहेको छ।

१८ जना प्रदेशभित्रका विभिन्न अस्पतालबाट डिस्चार्ज भईसकेका छन्।