बाजुरा जेठ २२(ई-रैवार)
बाजुराका तिनवटा स्थानीय तहका क्वारेन्टाईनमा गरिएको र्यापिड डाईग्नोस्टिक टेस्ट(आरडिटी) परीक्षणमा ४० जनाको रिपोर्ट ‘पोजेटिभ’ आएको छ ।
बडीमालिका नगरपालिका, बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकामा बिहीबार गरिएको आरडिटी परीक्षण गर्दा ४० जनामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिए।
जसमा बडीमालिकामा ३८ जना, बुढीगंगा र खप्तड छेडेदहमा एक/एक जनामा रिपोर्ट पोजेटिभ आएको उनले जनाए ।
रिपोर्ट पोजेटिभ देखिएका सबै भारतबाट आएको हुन । उनीहरूमा पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरेर धनगढी पठाईने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । तर तत्काल भने ‘भिटिएम’ किट नरहेकाले केहि ढिलो हुने जनाईएको छ । शुक्रबारसम्म स्वाब संकलन गरिने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।


