नेपालमा थप १ हजार २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ४ सय नाघ्यो

नेपालमा थप १ हजार २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ४ सय नाघ्यो
Spread the love

काठमाडौं, असोज ३ (ई–रैवार)

नेपालमा थप १ हजार २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा शनिबार प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ हजार २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा.गौतमका अनुसार यससँगै कुल संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ११ कोरोना संक्रमितको मृत्यु भएको छ ।  कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ सय १ पुगेको छ ।  ४५ हजार २ सय ६७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल आईसीयूमा १ सय ७९ जना र भेन्टिलेटरमा ३५ जना कोरोना संक्रमित रहेका छन् ।

प्रदेश १ मा ७ जना, प्रदेश २ मा ४ जना, वागमती प्रदेशमा १ सय  २७ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा २४ जना र कर्णाली प्रदेशमा ११ जना कोरोना संक्रमित आईसीयूमा रहेका छन् ।

त्येस्तै प्रदेश १ मा १ जना, वागमती प्रदेशमा ३३ जना र प्रदेश ५ मा १ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेका छन् ।