काठमाडौँ, साउन १६ (ई-रैवार)
जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो ।
जनता समाजवादी पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि सिहदरवारमा बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो ।
बैठकमा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव गरेका थिए भने महेन्द्र राय यादवले समर्थन गरेका हुन् । बैठकमा २१ जना संघीय सांसदहरुको उपस्थिति रहेको थियो ।


