नक्शा जारीपछि संविधान संसोधन प्रस्ताव गर्दै नेपाल सरकार

नक्शा जारीपछि संविधान संसोधन प्रस्ताव गर्दै नेपाल सरकार
Spread the love

काठमाण्डौँ जेठ ९(ई-रैवार)

सरकारले बुधबार लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ नक्सा जारीगरेपछि संविधान संसोधनको तयारी थालेको छ । उक्त नक्सा कार्यान्वयनका लागि संविधानमा रहेको निशान छापभित्र रहेको नेपाली नक्सा पनि परिवर्तन गर्नुपर्ने हुन्छ ।

संविधान संशोधनको प्रस्ताव ल्याउन मन्त्रिपरिषदको बैठक शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे बस्ने बैठकले संविधान संशोधनको प्रस्ताव संसदमा प्रस्तुत गर्ने निर्णय गर्न लागेको जनाईएको छ

वैठकबाट निर्णय गरेर सरकारले संविधानको अनुसूचीमा रहेको सोही निशान छापभित्रको नेपालको नक्सा परिवर्तन गर्न प्रतिनिधि सभामा संविधान संशोधनको प्रस्ताव लैजान लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि संसदमा बोल्दै सरकारले संविधान संशोधनको प्रस्ताव ल्याउन लागेको जानकारी दिएका थिए।

पछिल्लो समय नेपाली भूमि कालापानी क्षेत्रमा भारतले सडक बनाएर उद्घाटन गरेपछि नेपालले पनि उक्त क्षेत्र आफ्नो भूमिमा समेट्दै नयाँ नक्सा जारी गरेको छ ।