काठमाडौं, मंसिर २ (ई-रैवार)
आन्दोलनरत कानुन व्यवसायी र प्रहरी बिच झडप भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो।
झडपमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित एक दर्जन कानुन व्यवसायी घाइते भएका छन् । घाइते भएका नेपाल बार एसोसिएसनका अध्यक्ष श्रेष्ठलाई उपचारका लागि अस्पताल लगिएको छ । उनलाई थापाथलीस्थित अन्नपूर्ण न्युरो अस्पताल लगिएको बताइएको छ । प्रहरीको लाठी प्रहारबाट गम्भीर चोट लागेका बारका केन्द्रीय सदस्य प्रकाश मर्हजनलाई पनि उपचारका लागि सोही अस्पताल लगिएको छ ।
वकिलहरू कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरेलगायत घाइते भएका छन् । घिमिरे सर्वोच्च बारका सचिव हुन् । प्रधानन्यायाधीशलाई अदालत प्रवेशमा रोक लगाउने तयारीका साथ आन्दोलनरत कानुनव्यवसायीलाई प्रहरीले रोकेपछि झडप भएको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई रोक्न वैकल्पिक गेटमा धर्ना दिन पुगेका कानुन व्यवसायीलाई प्रहरीले रोकेपछि प्रहरीसँग वकिलहरूको घम्साघम्सी चलेको हो। धकेलाधकेल भएपछि प्रहरीले लाठीचार्जसमेत गरेको थियो।
प्रधानन्यायाधीश जबरालाई रोक्न वैकल्पिक गेटमा धर्ना दिन पुगेका कानुन व्यवसायीलाई प्रहरीले रोकेपछि प्रहरीसँग वकिलहरूको घम्साघम्सी चलेको हो। वकिलहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलित छन् । वैकल्पिक गेटसमेत बन्द गर्न खोजेपछि धर्ना दिने कानुन व्यवसायीको भन्दा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।


