नेपालको नयाँ नक्सा आज सार्वजनिक हुने

नेपालको नयाँ नक्सा आज सार्वजनिक हुने
Spread the love

काठमाण्डौं जेठ ७(ई-रैवार)

मन्त्रीपरिषदबाट पारित भएको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा बुधबार(आज) सार्वजनिक हुने बताईएको छ । भूमि व्यवस्था मन्त्रालयले सार्वजनिक गर्न लागेको स्रोतले जनाएको छ।

नक्सालाई नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले प्रमाणीकरण गरिसकेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेको प्रस्तावअनुसार मुख्य सचिव रेग्मी मंगलबार नक्सा प्रमाणीकरण गरेका हुन् ।

सचिव न्यौपानेले मंगलबार नयाँ नक्सा प्रमाणीकरणका लागि मन्त्रालयबाट टिप्पणी उठाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फाइल पेस गरेका थिए ।

नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ ।