कोरोना संक्रमितको संख्या तीन सय ५७, एकैदिन बाँकेका मात्रै ४७मा पुष्टी

कोरोना संक्रमितको संख्या तीन सय ५७, एकैदिन बाँकेका मात्रै ४७मा पुष्टी
Spread the love

काठमाण्डौं जेठ ५ (ई-रैवार)

नेपालमा कुल कोरोना संक्रमितको संख्या अढाईसय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको पछिल्लो जानकारी अनुसार संक्रमतिको संख्या तीनसय ५७ पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालगञ्जमा मात्रै ४७ जनामा कोरोना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।