काठमाण्डौँ जेठ ३ (ई-रैवार)
नेपाली सेनाका एक उच्च अधिकारीलाई कोराना भाइरसको संक्रमण भएको छ । मध्यपूर्वी पृतनाका पृतनापति उपरथी ( जर्नेल) लाई संक्रमण भएको बताइएको छ ।
स्वास्थ्य मन्त्रालयले शनिबार सार्वजनिक संक्रमितको सुचीमा दुईजना नेपाली सेनाका कर्मचारीमा कोरोना संक्रमण भएको जनाएको थियो । जसमध्ये ५२ वर्षिय व्यक्ति पृतनापति रहेको खुलेको छ । र अर्का काभ्रे घर भई महोत्तरीमा कार्यरत २६ वर्षिय व्यक्ति रहेका छन ।


