नेपाली सेनाका दुई जवानमा कोरोना

नेपाली सेनाका दुई जवानमा कोरोना
Spread the love

काठमाण्डौं जेठ ३ (ई-रैवार)

शनिबार दुईजना नेपाली सैनिकका जवानमा कोरोनाभाईरसको पुष्टी भएको छ । उनीहरू मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत रहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जनाए ।

उनीहरू एकजना महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवक हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ। जसमा ३५ जना निको भएका छन्।