विहानै थप नौ जनामा कोरोना पुष्टी, संक्रमितको संख्या २५८ पुग्यो

विहानै थप नौ जनामा कोरोना पुष्टी, संक्रमितको संख्या २५८ पुग्यो
Spread the love

काठमाडौं जेठ २(ई-रैवार)

शुक्रबार बिहान ९ जनालाई कोरोना पुष्टी भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा ९ जनामा कोरोना देखिएको हो।

मकवानपुरका एक र बाँकेको नरैनापुरका आठ जनामा कोरोना पुष्टी भएको हो । योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई सय ५८ पुगेको छ ।