कपिलवस्तुमा दशजनामा कोरोना भेटियो, नेपालमा संक्रमितको संख्या १२० पुग्यो

कपिलवस्तुमा दशजनामा  कोरोना भेटियो, नेपालमा संक्रमितको संख्या १२० पुग्यो
Spread the love

काडमाण्डौं वैशाख २९(ई-रैवार)

कोरोना भाइरसका १० नयाँ संक्रमित फेला परेका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सोमबार बिहान जारी गरेको विज्ञप्तिमा थप १० जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना भाइरस पुष्टि गरेको हो । संक्रमित सबै पुरुष हुन्।

यसरी संक्रमित हुनेमा १८,१९,२४, ३०, ३१ वर्षका एक-एक पुरुष र २० वर्षका दुई तथा ३४ वर्षका दुई पुरुष रहेका छन्। यसैगरी एक जनाको भने उमेर खुलेको छैन्।उनीहरू सबै कपिलवस्तुका हुन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा संक्रमितहरु कपिलवस्तुका यशोधरा गाँउपालिका-५ र बुद्धभूमि नगरपालिका-७ र १० बाट रहेको जनाइएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ।