धनगढी, वैशाख ३ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा आज थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक अस्पताल धनगढीमा शुक्रबार ६६ जनाको नमूना परिक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उप–महानगरपालिकाका २५ जना, घोडाघोडी नगरपालिकाका २ जना, टीकापुर नगरपालिका र चुरे गाउँपालिकाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै डोटी र कञ्चनपुरका समेत १/१ जनामा संक्रमण पुस्टि भएको छ। हाल सेती अस्पतालमा १६ संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए।


