बुधवार २६ जना कोरोना संक्रमित थपिए, नेपालमा कुल संक्रमितको संख्या २४३ पुग्यो

बुधवार २६ जना कोरोना संक्रमित थपिए, नेपालमा कुल संक्रमितको संख्या २४३ पुग्यो
Spread the love

काठमाण्डौं वैशाख ३१(ई-रैवार)
बुधवार थप २६ जनामा नोवेल कोरोना भाईरस(कोभिड-१९)को संक्रमण पुष्टी भएको छ । योसंगै नेपालमा संक्रमितको कुल संख्या दुई सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधवार दिउँसोसम्म दुईजनामा संक्रमण पुष्टी गरेको मन्त्रालयले साँझ थप २४ जनामा कोरोना संक्रमण पुष्टी गर्यो । थप भएका संक्रमितहरूमा रूपन्देहिमा नौजना पुरूष र तिनजना महिला गरी १० जना, कपिलवस्तुका आठजना पुरूषहरू, पर्साका दुई पुरूष र एक महिला र नवलपरासीका एकजना पुरूष रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि मंगलवार ८३ जनामा संक्रमण पुष्टी भएको थियो ।