सचिवालय वैठकमा ओलीको आत्मालोचना, २५ गते स्थायी समिति वैठक

सचिवालय वैठकमा ओलीको आत्मालोचना, २५ गते स्थायी समिति वैठक
Spread the love

काठमाण्डौं वैशाख २० (ई-रैवार)

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । पार्टी र सरकार सञ्चालनमा भएका कमीकमजोरीहरूप्रति उनले आत्मालोचना गरेका हुन् ।

साथै बैठकले यसै वैशाख २५ गते स्थायी कमिटी वैठक बस्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यसको आवश्यक तयारीका लागि २४ गते फेरी सचिवालय वैठक बसेर एजेण्डा तय गर्ने निर्णय भएको उनले जनाए ।

साथै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको छ । ‘उहाँलाई उपयूक्त समयमा निर्वाचन मार्फत प्रतिनिधी सभामा लैजाने निष्कर्ष वैठकले निकालेको छ,’ प्रवक्ता श्रेष्ठले भने ।