सञ्चो भएर घर गईन् नेपाली दोस्रो कोरोना संक्रमित

सञ्चो भएर घर गईन् नेपाली दोस्रो कोरोना संक्रमित
Spread the love

काठमाडौं वैशाख ६(ई-रैवार)
नेपालको दोस्रो कोभिड-१९ संक्रमित काठमाडौंकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएकी छन् । २७ दिनको उपचारपछि शनिवार शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालबाट पूर्ण रूपमा स्वस्थ भएर उनी डिस्चार्ज भएकी हुन् ।
चैत १० गते उनमा संक्रमण पुष्टी भएको थियो । उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन्। आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छन् ।
फ्रान्सबाट नेपाल आएपछि होम क्वारेन्टाइन बसेकी थिइन्। उनलाई कोरोना देखिएपछि परिवारका सदस्य पनि होम क्वारेन्टाइन बसेका थिए।यो नेपालमा देखिएको कोरोना भाइरसको दोस्रो केस थियो। चीनबाट आएका पहिलो विरामी पनि उपचारपछि घर फर्किसकेका छन्।
उनीसंगै एउटै जहाजमा नेपाल आएका बागलुङका अरु दुईजना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । हाल उनीहरुको धौलागिरी अस्पतालमा उपचार भइरहेको छ।