डडेल्धुरा चैत्र ३०(ई-रैवार)
नोवेल कोरोना भाइरस ९कोभिड १९०को संक्रमणको आशंका गरिएका दुईजना बिरामी डडेल्धुरा अस्पतालको आईसोलेसनबाट भागेका छन्। भारतबाट फर्किएर डडेल्धुरा अस्पतालको आइसोलेसनमा राखिएका दुई जना शनिबार दिउँसो भागेका हुन्। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जगदीशचन्द्र विष्टले यो खबरको पुष्टी गरे ।

उनीहरुको चारदिन अघि थ्रोट स्वाब संकलन गरेर काठमाडौँ पठाईएको छ । रिपार्ट भने आईनसकेको डाक्टर विष्टले बताए। उनीहरु रिपोर्ट नआउदै भागेका हुन्।
उनीहरू भागेश्वर गाउँपालिका ३ नानीगाडका स्थानीय रहेको बुझिएको छ । उनीहरुको खोजी जारी राखिएको प्रहरीले जनाएको छ।


