विपत्ती सरकार जनतासंगै छः प्रधानमन्त्री देउवा

Spread the love

धनगढी कार्तिक ४ (ई-रैवार)
प्रधानमन्त्री शेर बहादुर देउवाले सबै बाढीपहिरो पिडितहरुलाई सरकारले तत्कालै राहतको प्रबन्ध गरेको बताएका छन् ।
बिहिबार सुदूरपश्चिम प्रदेशका बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण भ्रमणका क्रममा धनगढी पुगेका प्रधानमन्त्री देउवाले कैलालीका अगुवा कार्यकर्तासंग भेटघाट गर्दै यस्तो बताएका हुन ।
‘अकल्पनिय रुपमा दुखद घटना भएको छ । यसमा म अत्यन्त दुखी छु,’ उनले भने,‘यसमा सरकारले सबै पिडितहरुलाइ तत्काल राहतको व्यवस्था घोषणा गरिसकेको छ । बास्तविक पिडितसम्म पु¥याउन सबै जुट्नुस ।’ राहत, उद्धार तथा पुनस्थापनको काममा जुट्न समेत उनले सबै कार्यकर्तालाइ निर्देशन दिए ।


दुखमा सरकार जनतासंगै रहेको बताउदै प्रधानमन्त्री देउवाले त्यसकारण आफै प्रभावित क्षेत्रको निरीक्षणमा आएको बताए । उनले, ‘बिषम परिस्थितीमा सरकार जनतासंग हुनुपर्छ र छ । सरकारको उद्देश्य भनेकै जनताको सेवा गर्ने हो । सुखदुखमा जनतासंग हुने हो ।
प्रधानमन्त्री देउवाले आजै बाढीपहिरोले बढी प्रभावित रहेका डोटी, बझाङको थलारा, चैनपुर, बैतडीको ढुङ्गाड, डडेल्धुरा र कञ्चनपुरको निरीक्षण गरेका छन । शुक्रबार कैलालीका केही स्थानको भ्रमण गरेर फर्कने कार्यक्रम छ ।