प्रतिनिधिसभाको अधिवेशन जेठ ९ गते बोलाउन मन्त्रिपरिषद्को सिफारिस

प्रतिनिधिसभाको अधिवेशन जेठ ९ गते बोलाउन मन्त्रिपरिषद्को सिफारिस
Spread the love

काठमाडौं, जेठ ६ (ई-रैवार)

मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेको छ । मन्त्रिपरिषद्को बैठकले संसद्को बर्खे अधिवेशन जेठ ९ गते बोलाउन सिफारिस गरेको हो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको अधिवेशन जेठ ९ गते बोलाउने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिएका हुन । यो बैठक मूलतः बजेट अधिवेशनमा केन्द्रित रहनेछ उनले भने – सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

ुप्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा विश्वासको मत नलिने भएका छन् । उनले धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि बाटो खोलिलिने बताएको मन्त्री श्रेष्ठको भनाइ छ । अब यो विश्वासको मत के लिइराख्ने भनेर प्रधानमन्त्रीजीले भन्नुभयो । एकैचोटी संविधानको धारा ७६ उपधारा ५ मा जाने सिफारिस गरेको छ, मन्त्री श्रेष्ठले बताए ।

प्रतिनिधिसभाको सदस्यले आफूमा संसद्को विश्वास रहेको आधारसहित कुनै सदस्यले दाबी गरेमा त्यस्तो सांसदलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नसक्ने व्यवस्था छ । संविधानको धारा ७६ को उपधारा ५ मा लेखिएको छ, ‘उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।’