डोटीको बोगटानमा जीप दुर्घटना हुँदा तीनको मृत्यु, पाँच घाईते

डोटीको बोगटानमा जीप दुर्घटना हुँदा तीनको मृत्यु, पाँच घाईते
Spread the love

डोटी मंसिर २१(ई-रैवार)
डोटीको बोगटान फुड्सिल गाउँपालिकामा जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । पाँचजना घाईते भएका छन् ।
दिपायलबाट गाउँपालिकाको केन्द्र खत्याडीका लागि हिडेको बोगटान फुड्सिल गाउँपालिका–७को बउखेल्ले भन्ने स्थानमा राती करिब १ बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनामा जीप बाटोबाट करिब दुईसय मिटर तल भीरमा खसेको घटनास्थलमा उद्धारमा खटिएका नेपाली कांग्रेस बोगटान फुड्सिल गाउँपालिकाका सभापति शेरबहादुर बमले जानकारी दिए ।
चालकसहित पाँच जना घाईतेहरुलाई उपचारका लागि दिपायल ल्याईदै छ ।