ईग्ल्याण्डलाई हराउदै न्युजिल्याण्ड टी-२० विश्वकप क्रिकेटको फाईनलमा

Spread the love

धनगढी कार्तिक २४(ईरैवार): युएईमा जारी आईसिसि टि२० विश्वकप क्रिकेट अन्तर्गत न्युजिल्याण्ड फाईनमा प्रवेश गरेको छ । बुधबार राती भएको खेलमा ईग्ल्याण्डलाई ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड फाईनमा प्रवेश गरेको हो ।
शेख जयद स्टेडियम अबुधाबीमा भएको खेलमा टस हारेर पहिले व्याटिंगको निम्तो पाएको ईग्ल्याण्डले पहिलो पारीमा निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउदै एकसय ६६ रन जोडेको थियो । जसका लागि मोईन अलीले ५१ रन, डेभिड मलानले ४१ रनको योगदान दिदा जोस वटलरले २९ रन जोडेका थिए । बलिंगमा न्युजिल्याण्डका टिम साउथी, एडम मिल्न, ईश सोढी र जिम्मी निशमले १/१ विकेट लिएका थिए ।
जवाफी व्यटिंग गर्ने क्रममा शुरुमा फितलो शुरुवात गरेको न्यजिल्याण्डले १९ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य भेट्टायो । जसका लागि डरेल मिचेलले ७२ रनको योगदान दिँदा डेभोन कनवेले ४६ रनको योगदान दिए । जेम्स निशमको ११ बलमा २७ रनको आक्रामक ईनिंगले जितलाई सहज बनायो ।
बलिंगमा ईग्ल्याण्डका क्रीस वोक्स र लियम लिभिंगस्टोनले २/२ विकेट लिए ।
हारसंगै ईग्ल्याण्ड प्रतियोगिताबाट बाहिरियो भने न्युजिल्याण्ड अब पाकिस्तान र अष्ट्ेलिया बिचको बिहिबार हुने दोस्रो सेमिफाईनल खेलको बिजेतासंग उपाधिका लागि भिड्नेछ ।