धर्मसिंह तुलसीदेवी स्मृति भलिबल प्रतियोगिताको उपाधि जनशिल युवा क्लबलाई

Spread the love

धनगढी कार्तिक १९ (ई-रैवार)

डोटीमा धर्मसिंह तुलसीदेवी स्मृति बृहत भलिबल प्रतियोगिताको उपाधि जनशिल युवा क्लवले जितेको छ ।

सातभाई बहुउद्देश्यीय कृषि फर्मको आयोजनामा जोरायल गाउँपालिका–५ गड्सेरा बडीगाडमा भएको दुई दिने भलिबल प्रतियोगिताको उपाधि जनशिल युवा क्लव बडिकेदार १ रिसडीले जितेको हो।

उक्त प्रतियोगितामा उपाधिका लागि देवली युवा क्लब बडिकेदार १ देवली डोटी र जनशिल युवा क्लव बडिकेदार १ रिसडीले आज फाईनल खेल खेलेका थिए। यस्तै प्रतियोगितामा देवली युवा क्लव बडिकेदार १ देवली डोटी दृतिय र रोयल गडसेरा तृतीय भएका छन्। आज प्रतियोगिताको समापन गरिएको आयोजकले जनाएको छ। दिपावलीको अवसरमा आयोजना गरिएको उक्त भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रो टिमलाई पाँच हजार नगद र ट्रफिसहितको पुरस्कार दिइएको छ।

यस्तै उदयमान खेलाडी रोयल गडसेराका यदुकर खड्का र उत्कृष्ट खेलाडी देवली युवा क्लब बडिकेदार १ देवली डोटीका टेकेन्द्र खड्कालाइ पनि पुरस्कार प्रदान गरिएको छ।

शुक्रबार प्रतियोगिता समापन कार्यक्रमको सन्चालन करन कठायतले गरेका थिए भने अथितिहरुमा नेपाली कांग्रेसका नेता लिलाधर बिष्ट र एमाले नेता शेर बहादुर देउवा लगायतले पुरस्कार बितरण गरेका थियो।