खबरदार ! भ्रष्टहरु कोही बच्दैनौँ: नेता उपाध्याय

खबरदार ! भ्रष्टहरु कोही बच्दैनौँ: नेता उपाध्याय
Spread the love

डोटी माघ ४(ई–रैवार)
नेपाली कांग्रेस डोटीका नेता रामप्रसाद उपाध्यायले कम्युनिष्ट शासनको वर्तमान कालखण्डमा भ्रष्टाचारले चरमचुली नाघेको बताएका छन् । नेपाली कांग्रेसले शनिवार गरेको देशका सबै स्थानीय तहमा विरोध सभाका क्रममा डोटीको आदर्श गाउँपालिकाको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘लुट्नसके लुट् कान्छा भन्ने प्रबृत्ती मौलाएको छ । कम्युनिष्टका गाउँदेखी केन्द्रसम्मका शासकहरु लुट्नमै लागेका छन्,’ उनले भने,‘खबरदार कोही बच्दैनौँ । कांग्रेस जितेर आएर सबैका फाईल खोल्छौ । सबैलाई जेल कोच्छौ ।’ जनताको पसिनाबाट आर्जेको राज्यस्रोतमाथिको दोहन कांग्रेसलाई असह्य भएको उनले बताए । ‘कांग्रेले साना दुखले जोडेको राज्यस्रोत होईन् त्यो । जनतालाई भ्रममा राखेर बटुलेको जनमतको बलमा भ्रष्टाचार गरेर उम्कने सपना नदेखे हुन्छ,’ उनले भने । अवको निर्वाचनपछि कांग्रेसको जीत सुनिश्चित रहेको दाबी गर्दै उनले त्यसपछि भ्रष्टहरुको सम्पत्ती सुद्धिकरण गरिने उनले बताए ।
सरकारले असंबैधानिक रुपमा प्रतिनिधिसभा विगठन गरेर आफ्नौ प्रबृत्ती दर्शाएको नेता उपाध्यायले बताए । उनले भने,‘केपीले संसद बिगठन गरेका मात्रै होईनन् । कम्युनिष्टहरुको प्रबृत्ति दर्शाएका हुन् । कम्युनिष्ट शासनका लागि अफापसिद्ध छन भन्ने कुरालाइ ै पुनर्पुष्टि गरेका हुन ।’
कांग्रेस सम्मानित अदालतको निर्णय पर्खेर अघि बढ्ने पनि उनले बताए । ‘हामी सम्मानित अदालतको निर्णय पर्खेका छौ । त्यसपछि देशलाई समेट्दै अघि बढ्न तयार छौ ।’
आदर्श गाउँपालिकामा स्वास्थ्यकर्मी विरामी हुँदा समेत एम्बुलेन्स नपाएको घटनाप्रति उनले खेद प्रकट गरे ।
कार्यक्रममा शिखर नगरपालिकाकी उपप्रमुख धौलीदेवी रावल, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य चन्द्रनाथ ओझा लगायतले सम्बोधन गरेका थिए ।