डोटी, भदौ २६ (ई-रैवार)
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार ९ सय ६२ जनाको कोरोना परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका प्रयोगशाला इन्चार्ज श्रेष्ठले ४ पुरुष र २ महिला गरी थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताएका छन । उनका अनुसार प्रयोगशालामा भएको परीक्षणमा बोगटान फुडसलि गाउपालीका बाड नम्बर ५ का ६१ बर्षिय १ महिला, १६,२६,२९ बर्षिय ३ पुरुष, बाड नम्बर ६ का २५ बर्षिय १ महिला, बाड नम्बर ७ का ५० बर्षिय १ पुरुषमा रहेका छन ।
त्यस्तै डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा आज सबैको रिर्पोट नेगेटीभ आएको छ ।
पछिल्लो २४ घण्टामा १ सय ९ जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटीभ आएको प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए ।



