विश्वभर २ करोड ७७ लाख १९ हजार ९ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि

विश्वभर २ करोड ७७ लाख १९ हजार ९ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

काठमाडौं, भदौ २५  (ई-रैवार)

विश्वभर २ करोड ७७ लाख १९ हजार ९ सय ५२ जनामा कोरोना संक्रमित भएको  छ । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार बिहिबार बिहानसम्म विश्वभर २ करोड ७७ लाख १९ हजार ९ सय ५२ जनामा कोरोना संक्रमित पुष्टि भएको हो।

संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ । अमेरिकामा संक्रमितको संख्या ६३ लाख ५९ हजार ३ सय १३ पुगेको छ। त्यस्तै भारतमा ४३ लाख ७० हजार १ सय २८, ब्राजिलमा ४१ लाख ६२ हजार ७३ र रुसमा १० लाख ३७ हजार ५ सय २६ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ९ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार ९ लाख १ हजार ५० जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

अमेरिकामा १ लाख ९० हजार ७ सय ८४, ब्राजिलमा १ लाख २७ हजार ४ सय ६४, मेक्सीकोमा ६९ हजार ४९, बेलायतमा ४१ हजार ६ सय ८३, इटालीमा ३५ हजार ५ सय ७७ जनाको मृत्यु भएको छ।

विश्वभर १ करोड ८६ लाख ४१ हजार ९० जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।

बिहिबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ३५ लाख ७२ हजार ४ सय २१, अमेरिकामा २३ लाख ८७ हजार ४ सय ७९, रुसमा ८ लाख ५४ हजार ६९ जना संक्रमणमुक्त भएका छन्।

भारतमा संक्रमितको संख्या ४३ लाख ७० हजार १ सय २८ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ७३ हजार ८ सय ९० पुगेको छ। भारतमा हालसम्म ३३ लाख ९८ हजार ८ सय ४४ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ३१ हजार ७८ पुगेको छ। बंगलादेशमा हालसम्म ४ हजार ५ सय ९३ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा २ लाख ३० हजार ८ सय ४ छ ।

पाकिस्तानमा हालसम्म २ लाख ९९ हजार ६ सय ५९ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ३ सय ५९ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ८६ हजार ५ सय ६ जना उपचारपछि निको भएका छन्।

नेपालमा पनि ४९ हजार २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ३३ हजार ८ सय ८२ जना संक्रमणमुक्त भएका छन् भने ३ सय १२ जनाको मृत्यु भएको छ।

अफगानिस्तानमा संक्रमितको संख्या ३८ हजार ५ सय ४४ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय २० जनाको मृत्यु भइसकेको छ भने ३१ हजार ४८ जना उपचारपछि निको भएका छन् ।

माल्दिभ्समा संक्रमितको संख्या ८ हजार ८ सय ३४ जना रहेको छ। मृत्यु हुनेको संख्या ३१ छ भने उपचारपछि निको हुनेको संख्या ६ हजार २ सय ८८ पुगेको छ ।

श्रीलंकामा संक्रमितको संख्या ३ हजार १ सय ४७ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १२ छ भने निको हुनेको संख्या २ हजार ९ सय ४६ रहेको छ।

भुटानमा संक्रमितको संख्या २ सय ३४ पुगेको छ। उपचारपछि निको हुनेको संख्या १ सय ५३ छ।

एजेन्सी