देशभर थप १ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

देशभर थप १ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

 

काठमाडौं, भदौ १९ (ई-रैवार)

कोरोना भाइरसबाट नेपालमा थप १ हजार ३ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार ६ सय ३८ नमुना परीक्षण गर्दा ४ सय ६४ महिला र ८ सय ९५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ४५४ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ३८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

चितवनका ८२ जना, सर्लाहीका ८०, मोरङका ७६, कैलालीका ५२, सुनसरीका ४९, बाँकेका ४८, महोत्तरीका ४६, रुपन्देहीका ४४, धनुषाका ४३, झापा र नवलपुरका २८/२८ जना, पर्साका २७, सप्तरी र गोरखाका २६/२६ जना, सुर्खेतका २२, बारा र जुम्लाा २१/२१ जना, कास्कीका २०, धादिङका १९, मकवानपुरका १८, बर्दियाका १४, रामेछापका १३, तनहुँका १२, लमजुङका १० र दैलेखका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै काभ्रे, कपिवलस्तु र दाङमा ७/७ जना, पाल्पामा ६, नुवाकोट र कञ्चनपुरमा ५/५ जना, सिन्धुपाल्चोक र डोटीमा ४/४ जना, स्याङ्जा, दार्चुला, बझाङ र बैतडीमा ३/३ जना, ओखलढुंगा, खोटाङ, रौतहट, दोलखा, सिन्धुपाल्चोक र गुल्मीमा २/२ जना तथा उदयपुर, सिराहा, रसुवा, म्याग्दी, बाग्लुङ, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान र अछाममा १/१ जना संक्रमित थपिएका छन् ।

यस सँगै नेपालमा कुल संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ४ रहेका छन ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १ हजार ३ सय ५४ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २५ हजार ५ सय ६१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५८ प्रतिशत रहेको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज देशभरका १३ हजार ६ सय ३८ जनाको पीसीआर परीक्षण भएको छ । अहिलेसम्म ७ लाख ४५ हजार ४ सय ९० जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १० हजार ९ सय ४२ जना र होम आइसोलेसनमा ७ हजार ४ सय ६२ रहेका छन् । देशभर ६ हजार ५ सय ६१ जना क्‍वारेन्टिनमा रहेका छन् ।

बागमती प्रदेशमा १९ जना, प्रदेश १ मा ३ जना र प्रदेश ५ मा ४ जना गरी १७ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १ सय ५१ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले ५ सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, चितवन, रुपन्देही, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेको बताएका छन् । ताप्लेजुङ, मुगु, सोलुखुम्बु, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ ।