धनगढी उप–महानगरपालिकाका दुई टोल सिल, वडा नम्वर ५ मा मात्रै संक्रमितको संख्या ५६ पुग्यो

धनगढी उप–महानगरपालिकाका दुई टोल सिल, वडा नम्वर ५ मा मात्रै संक्रमितको संख्या ५६ पुग्यो
Spread the love

 

धनगढी, भदौ १९ (ई-रैवार) 

धनगढी उप–महानगरपालिकाकाको दुइ टोल सिल गरिएको छ । कैलालीको धनगढी उप–महानगरपालिकाकाको वडा नम्वर ५ का दुई टोलमा कोरोना संक्रमण बढ्दै गएपछी सिल गरिएको हो ।

धनगढी उप–महानगरपालिका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले वडा नम्वर ५ तारानगरमा मात्रै संक्रमितको संख्या ५६ पुगेको बताएका छन ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले धनगढी उप–महानगरपालिका वडा नम्वर ५ तारानगरको ज्ञान निकेतन क्षेत्रका ३ घर र जाई क्षेत्रका ४ घरका केही व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि सिल गरेको जानकारी दिएका छन ।

प्रहरी नायव उपरिक्षक विष्टले जनप्रतिनिधिको रहोवरमा टोल सिल गरिएको बताएका छन । सो क्षेत्रमा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन पनि प्रहरीले माईकिङ गरिरेहेको छ ।

धनगढी उप–महानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उपाध्यायले टोल सिल भएपछि स्वाब संकलन भईरहेको बताएका छन । उनका अनुसार सो क्षेत्रबाट एक सय २५ जनाको स्वाब संकलन गर्ने लक्ष्य राखिएको छ।