डडेल्धुरा, भदौ १९ (ई-रैवार)
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ५९ जनाको परीक्षण गर्दा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
प्रयोगशाला इन्चार्ज भुसालले आज संक्रमण पुष्टि हुनेमा बैतडीको पाटन नगरपालिकाका १ जना, बझाङको मष्ठा गाउँपालिकाका १ जना र दार्चुलाको मार्माका १ जना रहेको जानकारी दिएका छन ।


