एमाले अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी बैठक, नेपाल-खनाल समूह पनि सहभागी हुने

एमाले अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी बैठक, नेपाल-खनाल समूह पनि सहभागी हुने
Spread the love

काठमाडौं, असार २९ (ई–रैवार)

नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिउसो १ बजे स्थायी कमिटी बैठक बोलाएका हुन ।

प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको बैठकमा कार्यदलमा भएको १० बुँदे सहमति अनुमोदनको तयारी भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

कार्यालय सचिव तामाङका अन्सार दिउसो १ बजे स्थायी कमिटी बैठकमा नेपाल-खनाल समूह पनि सहभागी हुने र केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ ।

यसअघि सोमबार साँझ बसेको स्थायी कमिटीको अनौपचारिक बैठकमा नेपाल खनाल-नेपाल समूहका नेता भीम रावल पनि सहभागी भएका थिए । कार्यदलले सोमबार अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाललाई सहमतिको दस्ताबेज बुझाएको छ।

नेता नेपालले सोमबार विपक्षी गठबन्धनको छलफलमा आफू अब विपक्षी गठबन्धनमा रहिरहन नसक्ने बताएका थिए। एमालेमा एकता अगाडि बढेको नेपालको भनाइ थियो। एमालेमा देखिएको विवाद समाधान गर्न कार्यदलले १० बुँदे प्रस्ताव तयार पारेको थियो। उक्त प्रस्तावलाई स्थायी कमिटीबाट अनुमोदन गर्ने तयारी छ।

संस्थापन पक्षले आजको बैठकमा सबै सहभागी हुने दाबी गरे पनि नेपाल-खनाल समूह भने आन्तरिक परामर्शमा छ । आन्तरिक छलफलपछि सो समूहले के गर्ने भन्ने निर्णय लिनेछ । तथापि गठबन्धनको सोमबारको बैठकमा नेता नेपालले आफू अब गठबन्धनमा नरहने बताएकाले उनीसहितका नेताहरु बैठकमा सहभागी हुने अपेक्षा गरिएको छ ।