काठमाडौं, भदौ १९ (ई-रैवार)
जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ । रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा हिजो दिनभर तनाव भएपछि प्रशासनले आज विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय, ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले चक्रपथ क्षेत्रभित्र आज आज विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू हुने जानकारी दिएका छन ।



