धनगढी, कात्तिक १ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा आज थप ५८ जनामा कोरोना भाइरसको संक्रमण पु्ष्टि भएको छ । प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ३४ जनाको पीसीआर परीक्षण गर्दा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीका ४८ र कञ्चनपुरका ८, डडेल्धुराका १ र डोटीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
चना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका मात्र ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का १६ जना, वडा नम्बर ४ र ५ का ४/४ जना, वडा नम्बर ८ का ३ जना, त्यसैगरी वडा नम्बर २ र ३ का २/२ जना, वडा नम्बर ६, ७, १२, १४ र १८ का १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।
कैलालीकै गोदावरी नगरपालिकाका ७ जना, कैलारी गाउँपालिका–८ का २ जना, यस्तै लम्किचुहा नगरपालिका–१, गौरीगंगा नगरपालिका र ठेगाना नखुलेका १/१ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिकाका ४ जना, भीमदत्त नगरपालिकाका २ जना र शुक्लाफाटा नगरपालिका–१० र बैलौरी नगरपालिकाकाक १/१ जनामा कोरोना संक्रमण देखिएका अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए।
त्यसैगरी डडेलधुराको आलिताल गाउँपालिका–८ का १ जना, डोटीको जोरायल गाउँपालिकाका १ जनामा पनि संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठले जनाएको छन ।



