नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

 

काठमाडौं, भदौ १३ (ई-रैवार)  

पछिल्लो २४ घण्टामा थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा  देशभरका प्रयोगशालामा १० हजार ४ सय ७१ नमुना परीक्षण गर्दा २ सय ४२ महिला र ६ सय ४२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३ सय ४० जना पुगेको छ ।

काठमाडौं उपत्यकामा १ सय ८६ जना संंक्रमित थपिएका छन् । काठमाडौंका १ सय ५५ जना, ललितपुरका १९ जना र भक्तपुरका १२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सर्लाहीका ८३ जना, पर्साका ७३, चितवनका ५७, धनुषाका ४९, मोरङका ३१, लमजुङका २९, महोत्तरी र बझाङका २६–२६ जना, सुसनरीका २४, नवलपुरका २३, सिराहाका २२, बारा र बैतडीका २१–२१ जना, झापा र बाँकेका २०–२० जना, धनकुटा, काभ्रे, दाङ र कैलालीका १९–१९ जना, कञ्चनपुरका १७, रुकुम पूर्वका १६, नवलपरासी र सुर्खेत १० जना तथा धादिङ र मकवानपुरका ९–९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटका ५ जना, संखुवासभा, कास्की र दार्चुलाका ३–३ जना, सप्तरी र कपिलवस्तुका २–२ जना तथा इलाम, दोलखा, सिन्धुपाल्चोक, गुल्मी, जाजरकोट, जुम्ला, दैलेख, रुकुम पश्चिमका ११ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ सय १३ जना कोरोना संक्रमणमुक्त भएका छन्। यो सहित नेपालमा हालसम्म २० हजार ५ सय ५५ उपचारपछि निको भएका छन् ।  मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ७८ रहेको छ ।