कोरोना संक्रमणबाट १२ जनाको मृत्यु, मृतकको संख्या २सय ७ पुग्यो

कोरोना संक्रमणबाट १२ जनाको मृत्यु, मृतकको संख्या २सय ७ पुग्यो
Spread the love

 

काठमाडौं, भदौ १३ (ई-रैवार)  

नेपालमा कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । यससँगैै मृतकको संख्या २ सय ७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता जागेश्वर गौतमका अनुसार पाल्पा, भक्तपुर, काठमाडौं, मकवानपुर, कास्की, पर्सा, सिराहा, लिलतपुर र गोरखामा गरी १२ जनाको मृत्यु भएको हो ।

प्रवक्ता जागेश्वर गौतमका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका २–२ जनाको मृत्यु भएको छ । यस्तै पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका एकएक जनाको मृत्यु भएको छ । यस सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७ पुगेको छ ।