सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

 

धनगढी, भदौ १३ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा आज थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा सुदूरपश्चिमका ६४ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ७ सय ३९ जनाको कोरोना परीक्षण भएकोमा ३ महिला र १२ पुरुष गरी १५ जनामा संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार अछामका ९ र कैलालीका ६ जनामा संक्रमण पुष्टि भएको हो ।

सूचना अधिकारी श्रेष्ठले अछामको साँफेवगरका १ महिला र ८ पुरुष सहित ९ जना, कैलालीको गोदावरीका ३ पुरुष र १ महिला गरी ४ जना, धनगढीकी १ महिला र स्थानीय तह नखुलेका कैलालीकै १ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका थप ४९ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३ सय ८५ जनाको कोरोना परीक्षण भएकोमा ४९ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले बझाङका २६ जना, बैतडीका २१ जना र दार्चुलाका २ जनामा संक्रमण पुष्टि भएको बताए।

प्रयोगशाला इन्चार्ज भूषालका अनुसार बझाङको दुर्गाथली गाउँपालिकाका २३ जना र बझाङकै केदारस्युँ गाउँपालिकाका ३ जना, बैतडीको पाटन नगरपालिकाका १८ जना, दोगडाकेदार गाउँपालिकाका २ जना, सुर्नया गाउँपालिकाका १ जना र दार्चुलाको महाकाली नगरपालिकाका २जनामा कोरोना पुष्टि भएको हो ।

डोटी जिल्ला अस्पतालको प्रयोगशालामा आज ६७ नमुनाको परीक्षण भएको छ । प्रयोगशाला प्रमुख शौरभ श्रेष्टका अनुसार दिपायलसिलगढी नगरपालिका, केआई सिह गाउपालिका र पुर्वीचौकी गाउपालिका डोटीका ६७ नमुना परीक्षण गर्दा सबै नमुना नेगेटिभ आएको बताएका छन ।

शनिवार ६४ जना थपिए संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार ८ सय ३ पुगेको छ। संक्रमण पुष्टि भएका ४ हजार ८ सय जनाले कोरोना जितेका छन भने अहिले सम्म सुदूरपश्चिम प्रदेशमा १४ जनाको मृत्यु भएको छ ।