कोरोना संक्रमणबाट १७ वर्षिया किशोरीको मृत्यु, मृत्यु हुनेको संख्या ४५ पुग्यो

कोरोना संक्रमणबाट १७ वर्षिया किशोरीको मृत्यु, मृत्यु हुनेको संख्या ४५ पुग्यो
Spread the love

 

काठमाडौं, साउन १० (ई-रैवार)

कोरोना भाइरसको संक्रमणबाट वीरगन्‍जमा १७ वर्षीया किशोरीको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको हो ।

बारा परवानीपुर गाँउपालिका– ४ की ती किशोरीको वीरगन्‍ज हेल्थ केयरमा परीक्षणका क्रममा आरडीटी पोजेटिभ आएपछि नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा आइपुगेको केही क्षणमै उनको ज्यान गएको नारायणी अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायले बताए ।

डा. उपाध्यायका अनुसार ती किशोरीको  स्वाब हिजो बिहान संकलन गरेर परीक्षणका लागि पठाइएको थियो तर बेलुका आएको पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ भने ती किशोरीको पनि करिब २ घण्टाअघि मृत्यु भएको छ । किशोरीलाई भाईरल ज्वरो देखिएको थियो ।ू

त्यसैगरी , हिजो बिहान नारायणी अस्पतालको अस्थाई कोभिड अस्पतालमा उपचारर क्ममा वीरगन्‍ज ११, श्रीपुर रसीघाटकी ८५ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।