उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा

उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा
Spread the love

 

काठमाडौँ,  १२ भदौ  (ई-रैवार)

उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा बसेका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को कार्यालय रहेको छाउनीमा भित्र बाहिर गर्ने एक कर्मचारीलाई संक्रमण भएकाले दुबै मन्त्री आइसोलेसनमा बसेका हुन् ।

दुबै जना छाउनी गइरहने भएकाले भित्र–बाहिर गर्ने एक कर्मचारीलाई कोरोना भाइरस भएको पुष्टि भए पछि आजैबाट आइसोलेसनमा बस्नुभएको छ। एक कर्मचारीले भने –अब पिसिआर परिक्षण पनि हुन्छ होला ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापा आइसोलेसनमा बसेसँगै नेकपा सचिवालय बैठक पनि सरेको छ। भदौ १३ गतेका लागि तय भएको बैठक पोखरेल र थापाकै कारण १८ गते बस्ने भएको हो ।

यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल होम आइसोलेसनमा बसेका कारण बैठक १३ गतेका लागि बोलाइएको थियो । बैठकमा नेकपा विवाद समाधानको सुझाव दिन गठित कार्यदलको प्रतिवेदनबारे छलफल हुने भनिएको थियो ।