कोरोनाका कारण भारतीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको ज्यान गयो

कोरोनाका कारण भारतीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको ज्यान गयो
Spread the love

काठमाडौं, असोज ८ (ई–रैवार)

भारतका रेल राज्यमन्त्री सुरेश अङ्गडीको मृत्यु भएकोे छ । भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएकोे हो ।

६५ वर्षका मन्त्री अङ्गडीको ११ सेप्टेम्बरमा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । कोरोना पोजेटिभ आएपछि एम्स अस्पतालमा भर्ना गरिएका मन्त्री अङ्गडीको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अङ्गडीको निधनबारे जानकारी दिँदै ट्वीट गरेका छन ।