धनगढी, भदौ ९ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा आज १ सय २९ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १ सय २९ जनामा संक्रमण पुष्टि भएको हो ।
सुदूरपश्चिम प्रदेशमा रहेका तीन वटै प्रयोगशालामा भएको परीक्षणमा डोटीका ४६, अछामका ३५, कैलालीका ३०, कञ्चनपुर र बझाङका ८–८ र डडेल्धुराका २ जनामा संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय ७१ जनाको कोरोना परीक्षण भएकोमा ३४ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार अछामको चौरपाटी गाउँपालिकका १२, साँफेवगरका ५ र मंगलसैनका १ जनामा संक्रमण पुष्टि भएको छ ।
कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्वर १ का ४, वडा नम्वर ५ का २, वडा नम्वर २ का १, लम्कीचुहा नगरपालिकाका ५, जानकी गाउँपालिकाका २ जना र गोदावरी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताएका छन ।
डोटीको आदर्श गाउँपालिकका १ जनामा पनि कोरोना देखिएको छ। मंगलवार डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ सय ६६ जनाको कोरोना परीक्षण भएकोमा ५० जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार अछामको बान्नीगढी जयगढ गाउँपालिकाका १७ जना, कैलालीको घोडाघोडी नगरपालिकाका ७, बर्दगोरी र जानकी गाउँपालिकाका ४÷४ जनामा संक्रमण पुष्टि भएको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ८ जना, बझाङको छव्वीसपाथिभेराका ६ र दुर्गाथलीका २ जनामा संक्रमण पुष्टि भएको भूषालले बताए । डडेल्धुराको अमरगढी नगरपालिकाका २ जनामा पनि कोरोना पुष्टि भएको छ।
पीसीआर मेसिन जडान भएको हप्ता दिनमै बिग्रिएपछि परीक्षण बन्द भएको डोटीमा मेसिन मर्मतपछि पुनः परीक्षण सुरु भएको छ। आज जिल्ला अस्पताल डोटीले पछिल्लो पटक परीक्षण गरिएका ५९ जनाको रिपोर्ट सार्वजनिक गरेको छ ।
अस्पतालको प्रयोगशालाका इन्चार्ज शौरभ श्रेष्ठले ५९ जनाको कोरोना परीक्षण गरिएकोमा ४५ जनामा संक्रमण पुष्टि भएको बताउका छन । संक्रमित सबै डोटी जिल्लाका हुन्।
जिल्लाको शिखर नगरपालिकाका २४ पुरुष र १५ महिला गरी ३९ जना, केआईसिंह गाउँपालिकाका चार पुरुष र दिपायल सिलगढी नगरपालिकाका एक महिला र एक पुरुष गरी दुई जनामा संक्रमण पुष्टि भएको इन्चार्ज श्रेष्ठले बताए।
योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ३९ पुगेको छ। संक्रमण पुष्टि भएका ४ हजार ४ सय जनाले कोरोना जितेको छन ।


