काठमाडौं, भदौ ९ (ई-रैवार)
नेपालमा कोरोना भाइरसका ८ सय ५५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ५५ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ३ सय १३ जना डिस्चार्ज भएका छन् । हालसम्म १९ हजार १ सय १९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५७ प्रतिशत रहेको छ । आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १३ हजार रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार ३ सय २७ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख २१ हजार ९ सय १ जनाको पीसीआर परीक्षण गरिएको छ ।
त्यसैगरी देशभरका संस्थागत आइसोलेसन ८ हजार ५ सय ८१ जना र होम आइसोलेसनमा ५ हजार ६ सय ६९ रहेका छन् । आजसम्म देशभर १० हजार ४ सय ५३ जना क्वारेन्टिनमा रहेका छन् ।
बागमती प्रदेशमा १५ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १ सय ३८ जना आईसीयूमा रहेका छन् । जसमा सबैभन्दा बढी बागमती प्रदेशका ५७ रहेका छन् । ५ सयभन्दा बढी संक्रमित रहेका जिल्ला ७ रहेका छन् । मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा र काठमाडौं रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ ।
हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ । शनिबार देशभर ११ हजार ५ सय १९ जनाको पीसीआर परीक्षणका क्रममा ६ सय ३४ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसैगरी यस अवधिमा १ सय ३६ जना डिस्चार्ज भएका थिए भने ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
आइतबार गरिएको ८ हजार २६ पीसीआर परीक्षणमा ८३८ जनाको रिपोर्ट पोजेटिभ आएको थियो भने २८१ जना संक्रमणमुक्त भएका थिए । आइतबार कोरोना संक्रमणबाट तीनजनाको मृत्यु भएको पुष्टि गरिएको थियो ।
सोमबार गरिएको १० हजार २३४ जनाको पीसीआर परीक्षणका क्रममा ७४३ जनाको कोरोना पोजेटिभ देखिएको थियो भने १७५ जना डिस्चार्ज भएका छन् । सोमबार ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरिएको थियो ।


