काठमाडौं, भदौ ९ (ई-रैवार)
कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्याका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
स्वास्थ्य तथा जनसंख्याका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भएका पुष्टि हुनेमा १ महिला र ६ पुरुष रहेका छन् ।
मृत्यु हुनेमा काठमाडौंका ७१ वर्षीया महिला, ७४ र ६६ वर्षीय पुरुष र २२ वर्षीय पुरुष सिराहका, ६८ वर्षीया पर्सा, ७६ वर्षीय पुरुष धनुषाका र ५३ वर्षीय पुरुष रुपन्देहीका रहेका छन् ।


