भारतीय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया गान्धीलाई निरन्तरता

भारतीय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया गान्धीलाई निरन्तरता
Spread the love

 

काठमाडौं, भदौ ८ (ई-रैवार)  

भारतको मुख्य विपक्षी दल भारतीय कांग्रेसले पार्टीको अन्तरिम अध्यक्षमा सोनिया गान्धीलाई निरन्तरता दिएको छ। आज (सोमबार) बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले सोनिया गान्धीलाई ६ महिनाका लागि अन्तरिम अध्यक्षमा निरन्तरता दिएको हो ।

भारतीय कांग्रेसले पार्टीले ६ महिनापछि पार्टीले नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघिको कांग्रेस केन्द्रीय समिति बैठकमा सोनियाले अन्तरिम अध्यक्ष पदबाट राजीनामा दिएकी थिइन् ।

साथै उनले नयाँ अध्यक्ष चयनको प्रक्रिया सुरु भएकोसमेत बताएकी थिइन् । उनले गुलाम नबी आजादलगायत अन्य नेताहरुले नेतृत्व परिवर्तनका लागि लेखेको पत्रका आधारमा आफूले राजीनामा दिएको बताएकी थिइन् ।

आजको बैठकमा सोनियाले आफू पार्टीको अध्यक्ष बनिरहन नचाहेको बताएकी थिइन्। तर धेरै नेताहरुको जोडबलका कारण उनी अन्तरिम अध्यक्षमा रहनुपर्ने भएको हो । एजेन्सी