नेपालमा थप ८ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या १ सय ५७ पुग्यो

नेपालमा थप ८ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या १ सय ५७ पुग्यो
Spread the love

 

काठमाडौं, भदौ ८ (ई-रैवार) 

कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५ जिल्लामा ८ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङका क्रममा कोरोना भाइरसबाट सुनसरी, मोरङ, पर्सा, काठमाडौं र रुपन्देहीमा गरी ८ जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा ५ पुरुष र ३ महिला रहेका छन् ।

मन्त्रालयका प्रवक्ता गौतमले रुपन्देहीमा ३८, ५३, ५४ वर्षीय पुरुष र ६७ वर्षीय महिला। सुनसरीमा ६८ वर्षीय पुरुष, मोरङमा ६५ वर्षीय पुरुष, पर्सामा ७० वर्षीया महिला र काठमाडौंमा ४८ वर्षीया महिलाको मृत्यु भएको बताए ।

यो सँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ ।