सुदूरपश्चिम प्रदेशमा थप १ सय १४ कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार ५ सय १० पुग्यो

सुदूरपश्चिम प्रदेशमा थप १ सय १४ कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार ५ सय १० पुग्यो
Spread the love

 

धनगढी, भदौ ८ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा थप १ सय १४ कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा आज १ सय १४ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ६९ जनाको कोरोना परीक्षण भएकोमा ५७ जनामा संक्रमण देखिएको बताए ।

उनका अनुसार कैलालीका २९, अछामका १८, डोटीका ६, कञ्चनपुर र बझाङका २–२ जनामा संक्रमण देखिएको छ। कैलालीको धनगढीका १३ जना, टीकापुरका १४ जना र मोहन्याल गाउँपालिकाका २ जनामा संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए ।

अछामको मंगलसेनका १४ जना, साँफेवगरका ३ जना र १ जना स्थानीय तह नखुलेका पुरुषमा पनि संक्रमण देखिएको छ । डोटीको आदर्श गाउँपालिकाका ४ र बोगटान गाउँपालिकाका २ जना, कञ्चनपुरको भीमदत्त नगरपालिका, बेल्डाँडी गाउँपालिकाका१–१ जना र बझाङका २ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १ हजार १ सय ६ जनाको कोरोना परीक्षण भएकोमा ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालका अनुसार कैलालीको घोडाघोडी नगरपालिकाका ३१ जना, टीकापुर नगरपालिकाका ८ जना, गौरीगंगा नगरपालिकाका ७ जना र जानकी गाउँपालिकाका १ जना गरी ४७ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ८ जना, कञ्चनपुरकै महाकाली नगरपालिकाका १ जना र बैतडीमा नेपाली सेनामा कार्यरत १ जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज भूषालले जानकारी दिए। यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार ५ सय १० पुगेको छ ।