कैलाली, साउन २५ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा ८सय २ जना सक्रिय कोरोना संक्रमित रहेका छन । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका ८ सय २ जना मात्र सक्रिय संक्रमित अर्थात ‘एक्टिभ केस’रहेका हुन ।
प्रदेशको स्वास्थ्य निर्देशनालयले ९ वटै जिल्लामा ८सय २ वटा ‘एक्टिभ केस’ रहेको जनाएको छ । निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलालीमा २ सय ३१ जना संक्रमित रहेका छन् । कैलालीपछि सबैभन्दा बढी बझाङमा १ सय ७४ सक्रिय संक्रमित छन् ।
यस्तै डोटीमा १ सय ६२, अछाममा १ सय ८, कञ्चनपुरमा ६९, दार्चुलामा २५, बैतडीमा १६, बाजुरामा १५ र डडेल्धुरामा २ जना मात्रै सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिलेसम्म ४ हजार ९ सय २० जनामा कोरोना पुष्टि भएको छ ।
सबैभन्दा बढी कैलालीमा १ हजार २ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै डोटीमा ७ सय ८४, अछाममा ७ सय २९, बाजुराका ६ सय २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कञ्चनपुरका ५ सय ७५, डडेल्धुराका ३ सय ९, बैतडीका २ सय ९६, बझाङका २ सय ९५ र दार्चुलाका ३९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका ३ हजार ९ सय ३८ जना डिस्चार्ज भएर घर फर्किएका छन् भने ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।


